ल्हेन्दे खोलाको बढीमा फसेका ९ जनाको सकुशल उद्धार

0 Shares

रसुवा । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा फसेका ९ जनाको सकुशल उद्धार गरिएको छ ।

सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेको अन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ ध्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ ।

सम्बन्धित समाचार