बाढीमा फसेको तीन घण्टापछि दुई जनाको उद्धार

0 Shares

काठमाडौं । नुवाकोटमा त्रिशुली नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । उनीहरूलाई झन्डै ३ घण्टापछि नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो ।

चीनबाट रसुवागढी हुँदै आएको आकस्मिक आएको बाढीले नुवाकोटको विदुर नगरपालिका ९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा दुई जना फसेका थिए ।

बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसिरहेको अवस्थामा उनीहरूलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ । सोमबार बिहान नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रमा त्रिशूली नदी जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सम्बन्धित समाचार