0
Shares
काठमाडौं । चीनबाट आएको बाढीले रसुवास्थित नेपाल-चीन जोड्ने मितेरी पुल बगाउँदा सम्बन्ध टुटेको छ ।
भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाउँदा सम्बन्ध टुटेको हो । ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ ।
यस क्षेत्रमा जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । बाढीले रसुवागढी जलविद्युत आयोजनाको संरचनामा क्षति पुगेको छ ।