0
Shares
काठमाडौं । गायक घमेश दुलालको इन्द्रावती उर्लियो बोलको गीतको म्युिजक भिडियो सार्वजनिक भएको छ ।
गायक दुलालले आफ्नो युट्युब च्यानलमार्फत इन्द्रावती उर्लियो बोलको गीत सार्वजनिक गरेका हुन् । शारदा रसाईलीसँगको सहकार्यमा उनले सार्वजनिक गरेको गीतमा शम्भु नेपालको शब्द रहेको छ ।
नारायण दंगालको संगीत तथा एरेञ्जको गीतमा दीपेन्द्र सोनम र सविता राईले अभिनय गरेका छन् । गीतको निर्देशन दिनेश डाँगीले गरेका छन् ।