७ वर्षीयको बलात्कारपछि हत्या, काका परे पक्राउ

0 Shares

काठमाडौं । मोरङमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षीय पुरुष बालिकाकै काका नाता पर्ने व्यक्ति रहेका छन् ।

प्रहरीका अनुसार शनिबार बिहान करिब ४ः४५ बजे जिल्लाको धनपालथान गाउँपालिका ५ रङपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालय नजिक बालिकाको शव फेला परेको थियो । उनको शरीरमा चोटपटक पनि देखिएको थियो ।

बालिका राति आमाबुबासँगै सुतेकी थिइन् । तर, बिहान करिब ३ बजेतिर अभिभावकले आफूहरूसँग छोरी नभएको थाहा पाएका थिए । त्यसपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए ।

प्रहरीले काका नाता पर्ने ती युवकलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर र हाडनाता करणीसम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार