0
Shares
काठमाडौं । धनगढी एयरपोर्ट क्षेत्रमा पछिल्लो एक घण्टामा मध्यम खालको वर्षा मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ५ बजे धनगढी एयरपोर्ट वर्षा मापन केन्द्रमा मापन गरिएको वर्षाका कारण सो क्षेत्र भएर बहने साना खोलामा पानीको बहाव बढ्न सक्ने देखिएको छ ।
विभागले विशेष गरी तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
आकस्मिक बहाव तथा डुबानको जोखिम रहन सक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको हो ।