पोलमा लाइन मर्मत गरिरहेका युवकको करेण्ट लागेर मृत्यु

0 Shares

गुल्मी । गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा धुर्कोट गाउँपालिका ७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरे रहेका छन् ।

धुर्कोट गाउँपालिका ७ द्वानेटामा रहेको राष्ट्रिय प्रशारण लाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा घिमिरेलाई आज बिहान करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।

करेण्ट लागेर घाइते भएका घिमिरेको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा आज अपरान्ह मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले घिमिरे कार्यालयको कर्मचारी नभएको बताए । ‘उहाँ कार्यालयको कर्मचारी पनि होइन, ज्यालादारीमा पनि राखेको छैन, उहाँ किन पोलमा चढ्नु भयो जानकारी छैन,’ उनले भने ।

सम्बन्धित समाचार