0
Shares
काठमाडौं । अर्घाखाँचीमा आपसका विवाद हुँदा दाजुले बन्चरो प्रहार गरी भाइको हत्या गरेका छन् ।
शितगंगा नगरपालिका ६ पाखा पानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुरको बन्चरोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हो ।
उनीहरू दुवै जनाले मदिरा सेवन गरेर झगडा गरेका थिए । बन्चरो प्रहारपछि घाइते भएका बमबहादुरलाई स्थानीयले अस्पतालमा लागेको थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
विष्णुबहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।