जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ

0 Shares

काठमाडौं । काठमाडौंबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

नक्कली परीक्षार्थी बनेर एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिएको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका ८ घर भई काठमाडौं महानगरपालिका ४ धुम्वाराही बस्ने २६ वर्षीय केशव रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका १४ स्थित रहेको जनप्रशासन क्याम्पसमा केशवले दान बहादुर रोकायाको परीक्षा दिएको भन्ने थाहा पाएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई शिक्षा सम्बन्धी ऐन कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भई सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार