इरानले स्वीकारे इजरायलको युद्ध विराम गर्ने प्रस्ताव

0 Shares

काठमाडौं । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनलाई स्वीकार गर्दै इरानसँग युद्ध विराम गर्न सहमति जनाएको छ । योसँगै तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले गिरावट भएको छ ।

इरान–इजराइलबीच १२ दिने युद्ध अन्त्य हुने भएसँगै ऊर्जा बजारको झट्काको डर कम भएको हो । मंगलबार बिहान करिब ०६५० जिएमटीमा ब्रेन्ट पाँच दशमलव दुई प्रतिशतले घटेर प्रतिब्यारेल ६७ दशमलव ७५ डलर कायम भएको थियो ।

मुख्य अमेरिकी कच्चा तेल सम्झौता डब्लुटिआई प्रतिब्यारेल पाँच दशमलव चार प्रतिशतले घटेर ६५ दशमलव ०१ डलर भएको थियो ।

इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ हुँदै तेल ढुवानीलाई रोकेर आफ्नो आणविक सुविधा सप्ताहन्तमा अमेरिको आक्रमणको बदला लिन सक्ने सम्भावनामा सोमबार बिहान कच्चा तेलको मूल्य वृद्धि भएको थियो ।

इरानले कतारको प्रमुख अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको र तेल क्षेत्रको सम्पत्ति अप्रभावित रहेको बताएपछि तेलको मूल्य ७ प्रतिशतसम्म तल झरेको थियो ।

सम्बन्धित समाचार