दुई सिनेमा एउटै मितिमा भिड्ने भएपछि बेनिशालाई तनाव !

0 Shares

काठमाडौं । दुई सिनेमा एउटै मितिमा भिड्ने भएपछि अभिनेत्री बेनिशा हमाल तनाव देखिएकी छन् ।

साउन २३ गते उनका दुई सिनेमा ‘सिटामोल’ र ‘मोहर’ एकै साथ देशभरका हलमा प्रदर्शनमा आउने लागेको हो । यसरी पहिलो पटक उनका दुई चलचित्र आपसमा भिड्न लागेका छन्, जसले उनलाई प्रचारप्रसारको सन्दर्भमा तनाव दिएको छ ।

गत वर्ष मात्रै अभिनेत्री हमालले चार सिनेमा ‘सिटामोल’, ‘कल्ली’, ‘मोहर’ र ‘एक्लो’को छायांकन सम्पन्न गरिन् भने हालै मात्र उनले ‘बिगुल’को छायांकन सकाएर नयाँ चलचित्र ‘द ब्ल्यू लाइट’को काममा जुटेकी छन् ।

सोमबार चलचित्र ‘सिटामोल’को गीत सार्वजनिक कार्यक्रममा सहभागी भएकी बेनिशालाई दुबै सिनेमा एउटै मितिमा रिलिज हुनुको प्रभावबारे प्रश्न गरियो । जवाफमा उनले आफूले यी सिनेमाका निर्माता तथा निर्देशकहरूसँग मिति नजुधाउन आग्रह गरेको तर सम्भव नभएको बताइन् ।

सम्बन्धित समाचार