0
Shares
काठमाडौं । चलचित्र ‘बाटुलो जुन’मा अनमोलको जोडीमा प्रिन्सी खतिवडा देखिने भएकी छन् ।
‘बाटुलो जुन’ फिल्म निर्माता तथा अभिनेता भुवन केसीको निर्देशनमा निर्माण हुन लागेको हो । अनमोल केसी मुख्य भूमिकामा रहने यस चलचित्रमा करिब १५ जनाले अडिसन दिएकोमा प्रिन्सी छनोट भएको निर्माणपक्षले जनाएको छ ।
‘बाटुलो जुन’मा प्रिन्सीको भूमिका के हुने हो भन्ने केही पनि खुलाइएको छैन । ७० वटाभन्दा धेरै नेपाली गीत, आठवटा हिन्दी गीतको भिडियो र हिन्दी चलचित्र ‘सपना’मा अभिनय गरिसकेकी उनको यो पहिलो नेपाली सिनेमा हो ।
सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने ‘बाटुलो जुन’मा अर्की एक नायिका पनि रहने बताइएको छ । तर, अर्की एक नायिकाको छनोट हुन बाँकी रहेको बुझिएको छ ।