काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे संसद खुलाउन तीन दलका प्रमुख सचेतकसंग छलफल जारी राखेका छन् । सभामुखको कार्यकक्ष सिंहदरमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सचेतकसंग संसद खुलाउने बारेमा भर्खरै छलफल सुरु गरेका हुन् ।अरु दलका प्रमुख नेताहरु सहभागी रहेको सभामुखको सचिवालयले जनाएको छ ।
गृहमन्त्री रमेश लेखक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भिजिट भिसा प्रकरणमा कर्मचारीको मिलोमतोमा दैनिक लाखौ असुलेको आरोप लागेपछि प्रमुख प्रतिपक्ष दलहरुले संसद अवरोध जारी राखेका हुन् । संसद खुलाउन सभामुख घिमिरले कांग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोलाएर छलफल गरी रहेका छन् । बजेटमाथिको छलफल लगायत महत्वपूर्ण विधेयक पारित गर्नुपर्ने भएकाले संसद खुलाउन आग्रह गर्दै आएका छन् ।
गत जेठ १३ गतेदेखि संसद अवरोध जारी राखेका जेठ १५ गते बजेट ल्याउन दिएर पुनः अवरोध जारी राखेका थिए । अहिले संसद अवरोध जारी छ । प्रतिपक्ष दलले गृहमन्त्रीले राजीनामा दिएर छानबिन समिति नबनाएसम्म अवरोध जारी राख्ने बताउँदै आएका छन् ।