दुई प्रतिपक्षी पार्टीका नेतृत्व माधव र रविको राजनीति भविष्य सङ्कटमा

0 Shares
काठमाडौँ । दुई प्रतिपक्षी पार्टीका नेतृत्वको राजनीति भविष्य सङ्कटमा परेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार  नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राजनीति भविष्य सङ्कटमा परेको हो ।
समाजवादीका अध्यक्ष नेपालविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यससँगै उनको नेतृत्व पनि सङ्कटमा परेको हो । अध्यक्ष नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
उता रास्वपाका सभापति लामिछाने यस अघि नै सङ्गठित सहकारी ठगी मुद्दामा कारागार जीवन बिताइरहेका छन् ।  लामिछाने विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएसँगै उनको सांसद पद पनि निलम्बनमा परेको हो । लामिछाने ८ पुस २०८१ देखि निलम्बनमा छन् । उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

सम्बन्धित समाचार