काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म, दराज नेपालले ६.६ मेगा मिड इयर सेलकोे घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८० प्रतिशतसम्मको बृहत छुट, निःशुल्कहोम डेलिभरी सुविधार एक करोड रुपैयाँ बराबरका भौचरहरूको ब्यवस्था गरिएको छ । यो धमाकेदार सेल जेठ २३ देखि २७ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ ।
६.६ मेगा मिड इयर सेलमार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरूमा फ्ल्याट ६६ प्रतिशतसम्मको आकर्षक छुट पाउन सकिने व्यवस्था गरेको छ । जसअन्तर्गत, प्लेटिनम ब्रान्ड पार्टनर सिताफिल, आइविबी र एंकरमार्फत ११ प्रतिशतसम्म छुट, गोल्ड ब्रान्ड नाइकमा ५० प्रतिशतसम्मको छुट र सिल्भर ब्रान्डहरू ¥होटो र न्यानो डायपर्समार्फत ४० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।
६.६ को विशेष आकर्षणका रुपमा फास्टेस्ट फिंगर फ्ल्याश सेल अभियानरहने जानकारी दिइएको छ । यसमार्फत ग्राहकहरूले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, रु. ६ मा उपलब्ध गरिने अत्यन्तै सीमित अफरमा आफ्नो सहभागिता जनाएर लाभ लिन सक्ने छन् ।
दराजले यस पटकको सेललाई छुटहरुका लागि अवसरका रुपमा मात्र नभई शानदार उपहारहरू पनि प्रदान गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले दुई विशेष फिचरहरु, एड टू कार्ट एण्ड विन र बाई एण्ड विनको व्यवस्था गरेको छ । यस उपहार योजनाअन्तर्गत ६ जना भाग्यमानी विजेताहरूको छनोट गरी तिनका लागि आकर्षक पुरस्कार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।
एड टू कार्ट एण्ड विनअन्तर्गत, रु. १० हजारभन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकहरूमध्ये ५ जना भाग्यशाली विजेताहरुको छनौट गरिने छ । छनोटमा परेका भाग्यशाली विजेतालाई ९ हजारसम्मका उपहारहरू प्रदान गरिने छ । त्यसैगरी, बाई एण्ड विनअन्तर्गत, कम्तीमा रु. ५ हजारको सामग्री खरिद गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यमानी विजेतालाई ५२ हजार ५०० बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।
६.६ सेलमार्फत उपभोक्ताहरुले अझ बढी बचत गर्न सक्नुहोस् भन्ने सोचका साथ कम्पनीले आफ्ना उपभोक्ताहरुलाई बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु खोज्न नबिर्सन अनुरोध पनि गरेको छ । यसरी बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु कुनै उपभोक्ताले नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा फेला पार्नु भएमा र निर्धारित योग्यताको मापदण्ड पुरा गरेमा ती उपभोक्ताले दराजका तर्फबाट मूल्य अन्तरको दोब्बार रकम फिर्ता पाउन सक्ने छन् । यसका साथै, दराजले अनलाइन किनमेल अनुभवलाई अझ विश्वासिलो र झन्झटमुक्त बनाउने सोचका साथ सजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफन्ड प्रक्रिया उपलब्ध गराउँदै आइरहेको छ ।
१४ दिनको रिटर्न तथा रिफन्ड पोलिसीको लाभ उठाउनका लागि उपभोक्ताले आफ्नो दराज एकाउन्टमा लग इन गर्नुपर्ने हुन्छ । त्यस पश्चात, रिटर्न/रिफन्ड बटन थिचेर रिटर्न प्रक्रियासुरू गर्नु पर्दछ, फिर्ताको कारण उल्लेख गरी, रिटर्न शिपमेन्ट टाइप चयन गर्नुपर्ने हुन्छ । लगतै, इच्छाइएको रिटर्न विकल्प चयन गरी रिटर्न तथा रिफन्डको अनुरोध गर्न सक्नु हुनेछ । यस प्रक्रियालाई सजिलो बनाउन दराजले इन्स्ट्रक्शनल भिडियो पनि तयार पारी हेर्न र जानकारी लिनका लागि उपलब्ध गरेको छ ।
दराजले तपाईंलाई सहज किनमेल अनुभव मात्र होइन, विश्वासिलो सेवाको पनि भरोसा दिन्छ । तसर्थ, निर्धक्क किनमेल गर्न र सामग्री निर्धारित गुणस्तरअनुसार नपरेमा वामन नपरेमा सजिलै फिर्ता गर्नुपर्ने छ ।