काठमाडौं । मंगलबार भारी गिरावट भएको सेयर बजार बुधबार पनि घटेको छ । सोमबार १ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मंगलबार ३५ अंकले गिरावट भएको थियो।
बुधबार सेयर बजार ११ अंकले गिरावट हुँदै २६५२ विन्दुमा पुगेर बन्द भएको छ। आज कारोबार रकममा समेत साढे एक अर्ब गिरावट भएको छ। योसँगै आज जम्मा पाँच अर्बको सेयर कारोबार भएको हो।
यसअघि सोमबार सवा नौ अर्ब बराबरको सेयर कारोबार भएको थियो भने मंगलबार साढे ६ अर्बको कारोबार भएको थियो।
आज कारोबारका आधारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड र पुरे इनर्जी लिमिटेडको सेयरमा सर्किट लागेको हो।
यस्तै, सबैभन्दा बढी सेयर मूल्य गिरावट हुने कम्पनीमा कर्पोरेट विकास बैंक लिमिटेड रहेको छ। यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतले गिरावट आएको हो। आज जम्मा ६६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १८१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। यस्तै एक कम्पनीको सेयर मूल्य स्थिर भएको छ।
यसैगरी सबैभन्दा बढी अरुण काबेली पावर लिमिटड कम्पनीको सेयर ३६ करोडभन्दा बढी मूल्य बराबरको कारोबार भएको छ।