काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजावादीबिच झण्डा र लोगोलाई लिएर लफडा भएको छ । बाबुरामबाट पार्टी विभाजन गरेर गएको ११ महिनापछि उनको र यादव बिच फेरी लफडा भएको हो ।
निर्वाचन आयोगले यादव नेतृत्वको नेसपालाई भट्टराई नेतृत्वको नेसपा (नयाँशक्ति)को झण्डा र लोगो अनधिकृत रुपमा प्रयोग गरेको भन्दै अब उप्रान्त त्यसो नगर्न सचेत गराएको छ । यदि गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि आयोगले दिएको छ । नेसपाका महासचिव रमेश प्रसाद यादवले जारी गरेको एक विज्ञप्तिमा आफ्नो झण्डा र लोगो दुरुपयोग गरिएको भन्दै नेसपा नयाँशक्तिले निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
सो निवेदनको आधारमा आयोगले नेसपा महासचिव यादवलाई नै सम्बोधन गरेर पत्र पठाउँदै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ९ को विपरीतको काम नगर्न भनेको हो । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नेसपाले पार्टी गतिविधि गरेको भन्दै महिन्द्र राय यादवसहितका नेताहरुलाई २०८१ असार २ गते निष्कासित गरेको थियो । त्यसपछि यादवले नेसपा नामबाट गतिविधि गर्दै आएका छन् ।
यादवबाट समेत गंगानारायण श्रेष्ठले पार्टी विभाजन गरेर माओवादी केन्द्र प्रवेश गरी सकेका छन् ।