काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला मंगलबार पनि घटेर कारोबार भएको छ । सोमबार ७०० रुपैयाँ घटेर कारोबार भएको सुनको भाउ मंगलबार २०० रूपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले घटेको छ । मंगलबार चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको छ। आइतबार र सोमबार भने तोलाको २००५ रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३३३५ दशमलव २६डलरमा कारोबार भैरहेको छ । यस्तै यसदिन चाँदीको भाउ प्रतिऔंस ३३ दशमलव २६ डलर तोकिएको छ । अन्तर्राष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । नेपालमा शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ ।