0
Shares
काठमाडौँ । रारा ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर परीक्षणमा न्यून स्तर पाइएको भन्दै चाउचाउ उत्पादन गर्ने कम्पनीलाई बजारमा पठाइएका उत्पादन फिर्ता ल्याउन निर्देशन दिएको छ ।
साथै, थप बिक्री वितरणमा पूर्णरूपले रोक लगाएको छ । विभागले नियमित बजार अनुगमन र निरीक्षण क्रममा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ बमोजिम बजारबाट रारा चाउचाउको नमुना संकलन गरिएको र प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थमा हुनुपर्ने तोकिएको मापदण्ड पूरा नभएको पाइएको जनाएको छ ।
विभागले कम गुणस्तरको रहेको भनिएको चाउचाउ पोखरा औद्योगिक क्षेत्रमा रहेको हिमश्री फुड्स प्रा.लि.ले उत्पादन गरेको ६० ग्राम तौल भएको रारा ब्रान्डको तयारी चाउचाउ हो । ‘आरईजी ०१’ ब्याच नम्बर भएको उक्त चाउचाउको उत्पादन मिति सन् २०२६ फेब्रुअरी ५ छ ।