0
Shares
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो ।
योसँगै सोमबार सुनको मूल्य तोलामा एक लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार दुई हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको हो ।