समृद्धि फाइनान्सका नवनियुक्त अध्यक्षले ग्रहण गरे सपथ

0 Shares

काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष अजय कुमार मिश्रले सपथ ग्रहण गरेका छन् ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षको पदमा नवनियुक्त मिश्रले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ भने मोवाईल बैंकिङ, डेविट कार्ड आर।टि।जि।एस, आइपीएस, कनेक्ट आइपीएस,क्यू।आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

सम्बन्धित समाचार