मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेश पायल राई छुटे

0 Shares

काठमाडौं । गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ ।

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले राईसहित ८ जनालाई छाडिएको बताए ।

राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो । बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित ३ र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई नै छाडिएको बताए ।

पक्राउ परेका आठै जनालाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार