0
Shares
काठमाडौं। नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चेतप्रसाद उप्रेती नियुक्त भएका छन्। आज समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक उप्रेती नियुक्त भएका हुन्।
यस्तै, आजको एक औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन्। यसअघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए। उप्रेतीको केन्द्रिय बैंकको विभिन्न विभागमा २७ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ भने उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए डिग्री होल्डर पनि हुन्।
हाल उनी राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रुपमा आबद्ध छन्। नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक,विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन्।