काठमाडौं। नेपालले चालु आर्थिकको दश महिनामा ५२ अर्बको खाद्यान्न आयात गरेको छ। चालु आव २०८१/८२ साउनदेखि वैशाख अवधिका ५२ अर्ब ६१ करोड ९० लाख रुपैयाँको खाद्यान्न आयात भएको हो।
भन्सार विभागका अनुसार सोही अवधिमा नेपालबाट नगन्य मात्रमा खाद्यन्न निर्यात पनि भएको छ। नेपालबाट दश महिनामा झण्डै आठ करोड मूल्य बराबरको खाद्यान्न निर्यात गरिएको छ।
खाद्यान्न आयात निर्यातमा सरकारले आयात बराबारकै व्यापार घाटा ब्यहोरेको छ। ५२ अर्ब ५३ करोड रुपैयाँको खाद्यान्नमा नेपालको घाटा देखिएको छ। दश महिनामा राज्यले चार अर्ब ७० करोड रुपैयाँको राजस्व संकलन गरेको छ।
यो अवधिमा चामल मात्रै १५ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ भित्रिएको भन्सारको तथ्यांक छ। यस्तै मकै पनि १५ अर्ब ९३ करोड ४९ लाख रुपैयाँको आयात भएको विभाग तथ्यांक छ। गहुँ, धान, कोदोलगायत खाद्यान्न आयात भएका छन्। यी खाद्यन्न चीन, भारत, बंगलादेशलगायत मुलुकबाट आयात हुन्छन्।