काठमाडौँ । खानेपानी क्षेत्रमा देखिएका समस्यालाई राष्ट्रिय सभामा संकल्प प्रस्तावको रुपमा पेस गरिएको छ ।
मंगलबार राष्ट्रिय सभामा ६ सांसदले संकल्प प्रस्ताव पेस गरेका हुन् । जसमा जगप्रसाद शर्मा, भगवती न्यौपाने, कृष्णबहादुर रोकाय, मदनकुमारी शाह, गोपी अछामी, मोहम्मद खालिद छन् ।
संकल्प प्रस्तावको रुपमा खानेपानी राजस्व, आयकर/भ्याट लगायत सम्पूर्ण कर छुट हुनुपर्ने, विद्युतमा डिमाण्ड शूल्कका साथै महसुलमा छुट हुनुपर्ने,खानेपानी आयोजना निर्माण गर्दा जनसहभागीतालाई राष्ट्रिय खानेपानी सरसफाई तथा स्वच्छा नीति २०८० अनुसार लागु हुनुपर्ने, नगर विकास कोषबाट लिएको ऋणको ब्याजर घटाउनुपर्ने छन् ।
यस्तै नेपाल सरकारले सबै नेपालीले सुरक्षित खानेपानी उपलब्ध गराउन विलिजि पाउडर उद्योग खोल्नुपर्ने छन् । राष्ट्रिय सभाका छ सांसदले राष्ट्रिय नियमावली २०७५ को नियम ७९ को उपनियम १ बमोजिम संकल्प प्रस्ताव पेस गरिएको हो ।

