0
Shares
काठमाडौं । नेपाली बजार बुधबार एकै दिन सुनको मल्य तोलामा पाँच हजार रुपैयाँ बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार महासंघले सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला एक हजार ९४० रुपैयाँमा रहेको चाँदी आज एक हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।