काठमाडौं । मानव संसाधन क्षेत्रमा काम गरिरहेका विज्ञहरुले अन्तर्राष्ट्रिय मानव संसाधन दिवसका रुपमा २० मे २०२५ लाई हरेक बर्ष विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै आइरहेका छन् ।
नेपालमा २० मे २०२५ मा १०० भन्दा बढी संघ संस्थाका मानव संसाधन विज्ञहरुको उपस्थितिमा मानव संसाधन समाज नेपालले दोश्रो पटक अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाएको छ ।
मानव संसाधन समाज नेपाल (एनएचआरडिएन) गैर नाफामुलक सामाजिक संस्था हो जुन सन् २०१३ मा वरिष्ठ मानव संसाधन विज्ञहरू द्वारा स्थापित गरिएको हो । यसले मानव संसाधन क्षेत्रलाई व्यवस्थापनको एक महत्वपूर्ण पक्षको रूपमा सुदृढ र सशक्त बढाउनुका साथै मानव संसाधन क्षेत्रका विज्ञहरूको विज्ञतालाई अझ अभिबृद्धि गर्दै निरन्तर रुपमा यसको दायरा बढाउँदै लैजाने गर्दछ ।
मानव संसाधन समाज नेपालको प्रादेशीक च्याप्टर बाहेक, आफ्नो अन्तर्राष्ट्रिय सम्बद्धता भारतको केमकेल सँग रहेको छ । मानव संसाधन समाज नेपालले मासिक रुपमा नलेज शेयरिङ शेसन (केएसएस), तालिम र सीप विकास कार्यक्रमहरू र राष्ट्रिय मानव संसाधन सम्मेलनहरू जस्ता विभिन्न नियमित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
मानव संसाधन समाजको आयोजनामा आज नेपालमा दोश्रो पटक विश्व मानव संसाधन दिवस “ह्युमनिफाइएआईले मानव संसाधनलाई एकसाथ अगाडि बढाइरहेको छस् नयाँ तरिकाले अगाडि बढिरहेको छ। डिजिटल संसारमा अगाडि बढिरहेको छ” भन्ने नाराका साथ पैदल र्याली गरि मनाइयो । केएल द गड ग्रुप अफिस चारखालबाट सुरु भई बगबजार चोक, स्टार मल, सिटि सेन्टर हुँदै पुनः के एल द गड ग्रुप अफिस चारखाल आएर सामान्य कोणसभा गरी समापन भयो ।
पैदल र्यालीको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय मानव संसाधन दिवसको उत्सव मनाउनु र विभिन्न संस्थाहरुका मानव संसाधन-एचआर पेशागतहरुलाई एकत्रित गरी मानव संसाधन समुदायमा एकता र उत्साह बढाउनु हो ।
संगठनात्मक सफलतामा मानव संसाधनलाई डिजिटल वोल्र्ड सङ जोड्ने महत्त्वपूर्ण भूमिकालाई मान्यता दिन यो कार्यक्रमले महत्वपूर्ण कदमको रूपमा रहेको कार्यक्रममा उल्लेख गरियो ।