अदालतले पनि बाटो खोलिदिएपछि पौडेल आजै गभर्नर बन्ने सम्भावना

0 Shares

काठमाडौँ । सर्वोच्च अदालतले डा. विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।

पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च प्रशासनले गत शुक्रबार उक्त रिट दरपिठ गरिदिएसँगै कानुनी हिसाबले समेत उनलाई गभर्नर बन्ने बाटो खुला भएको हो । राजनीतिक रूपमा यसअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नर बनाउने सहमति भइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच मंगलबारै बालुवाटारमा भेटेर पौडेललाई गभर्नर बनाउने बारेमा समझदारी गरेका हुन् । लगतै अर्थ मन्त्री विष्णु पौडेलले गभर्नर सिफरिस सिमितको बैठक बोलाएर छलफल गरेका थिए । गभर्नर सिफारिस समितिको बैठक सकिएपछि अर्थमन्त्री पौडेल मन्त्रीपरिषद् बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार हिडेका हुन् ।

सम्बन्धित समाचार