पेचिलो बन्दै गभर्नर नियुक्ति, मन्त्रिपरिषद्को बैठक छाडेर बस्दै ओली-देउवा

0 Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवामार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको थियो । गभर्नर नियुक्तिलाई लिएर सत्ता साझेदारी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच पेचिलो बनेपछि बैठक स्थगित गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा गभर्नरको विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । उनीहरू गभर्नरका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठकसमेत स्थागित गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

ओली र देउवाले गभर्नरको विषयलाई प्रमुख मुद्दा बनाएपछि गत चैत्रको अन्तिम सातादेखि गभर्नर पद रिक्त हुँदै आएको छ । प्रधामन्त्री ओलीले कामु गभर्नर निलम ढुंगानालाई गभर्न बनाउने योजनामा छन् । तर, सभापति देउवालाई पार्टीभित्र गभर्नर नछोड्न चर्को दबाब छ ।

देउवाले सुरुमा गुणाकर भट्टलाई अघि सारेका थिए । उनको राजीनामा स्वीकृत नभएपछि डा. विश्व पौडेललाई अघि सारेका थिए । डा. पौडेलको नाममा समेत सहमति नभएपछि देउवाले तेस्रो व्यक्तिका रुपमा डा. अंगराज तिमिल्सेनाको नाम सारेका हुन् ।

ओलीलाई जति विकल्प दिए पनि गभर्नर नियुक्त नगरेपछि दुई पार्टीबीच उक्त विषय पेचिलो बनेको हो ।

सम्बन्धित समाचार