सुनको मूल्यमा भारी वृद्धि, तोलामा कति पुग्यो ?

0 Shares

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो । योसँगै चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार