पेट्रोलियम पदार्थको मूल्य घट्यो

0 Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । जसअनुसार पेट्रोलमा १ र डिजेल मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।

योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा क्रमशः १५६ र १४१ तथा बाँकी ठाउँमा १५४.५० र १३९.५० कायम भएको छ ।

सम्बन्धित समाचार