0
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेका छन् ।
बैठक आज बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले देउवाले सिफारिस गरेका डा गुणाकर भट्टलाई गभर्नर नबनाएपछि बैठक आह्वान गरेका हुन् ।
तर, बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने सभापति देउवाको सचिवालयले जनाएको छ ।