0
Shares
काठमाडौं । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ १२ का विजेता पवनदीप दुर्घटनामा परेका छन्। आज बिहान ३:४० बजे अहमदाबादमा उनी कार दुर्घटनामा परेका हुन्।
दुर्घटनामा परेर उनी गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। पवनदीपलाई डाक्टरहरुले उपचार गरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्रशंसक र फ्यानहरु चिन्ता र प्रार्थना गरिरहेका छन्।
दुर्घटनाको सही कारण अझै पुष्टि हुन सकेको छैन, भाइरल भिडिओका दृश्यहरूले उनको बायाँ खुट्टा र दाहिने हातमा चोटपटक लागेको देखाउँछ।
उनी हाल उपचार गराइरहेका छन्, यद्यपि अस्पतालका अधिकारीहरू वा उनको टोलीले यो लेख लेख्दासम्म उनको स्वास्थ्य अवस्थाको बारेमा आधिकारिक अपडेट जारी गरेको छैन।