प्रोशेस पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल-६’को उपाधि

0 Shares

काठमाडौं । गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रोशेस पाण्डेले जितेका छन् । शुक्रबार राति भएको फिनालेमा उनले उपाधि उचालेका हुन् ।

शोमा ४ फाइनलिस्टबाट ३ जनालाई पछि पार्दै प्रोशेसले उपाधि हासिल गरेका हुन् । फरक क्षमता भएका उनी कोच खेम सेञ्चुरी टिममा थिए । उपाधिसँगै प्रोशेसले २० लाख रूपैयाँ र विभिन्न उपहार जितेका छन् ।

प्रोशेससँगै फिनालेमा पुगेका रोशन राई फर्स्ट रनरअप, प्रमेश राई सेकेण्ड रनरअप भए भने अर्पणा आचार्य थर्ड रनरअप भइन् । ुभ्वाइस अफ नेपाल सिजन ६ मा उदय सोताङ, राजु लामा, खेम सेञ्चुरी र मेलिना राई कोच थिए । शो हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको युट्युबमा प्रसारण हुँदै आएको थियो ।

सम्बन्धित समाचार