आफन्त बालिकालाई भारतमा बेच्ने महिला हतकडीसहित फरार

0 Shares

काठमाडौं। मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका १ की ५० वर्षीया मीना शाही दमाई हतकडीसहित फरार भएकी छन् ।

मानब बेचबिखन मुद्दामा पुनः म्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएकामा उनी हतकडीसहित फरार भएकी हुन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुयाएको बेला शाही फरार भएकी बताए ।

उनलाई आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि वैशाख ४ गते पक्राउ गरिएको थियो ।

सम्बन्धित समाचार