0
Shares
काठमाडौँ । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ६.२६ अंक घटेर २०१२.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.४७ अंक बढेर २०१४.५४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४४ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ३६ स्टकको १५ लाख ६४ हजार ९३८ रुपैयाँबराबरको २ हजार ३६० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।