0
Shares
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।
बिहीबार सुन तोलामा एक लाख ९० हजार ६०० रुपैयाँ कायम रहेकोमा शुक्रबार एक लाख ८९ लाख ६०० रुपैयाँमा कामय भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा दुई हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १० रुपैयाँले घट्दै दुई हजार कायम भएको हो ।