सुनको भाउ हालसम्मकै उच्च, तोलाकै १ लाख ९१ हजार

0 Shares

काठमाडौँ । नेपाली बजारमा सुनके भाउ हालसम्मकै उच्च पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बैशाख ८ गते सोमबार सुन तोलाको १ लाख ९१ हजार रुपैयाँको कीर्तिमानी उचाईमा पुगेको हो ।

यसअघि बैशाख ४ गते बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ६०० रूपैयाँले महङ्गिएर १ लाख ९० हजार ६०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको इतिहास छ ।

हिजो आइतबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार तोलामा १ हजार २०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबार चाँदीको भाउ सोमबार पनि १९६० रुपैयाँ तोकिएको छ । बिहीबारदेखि चाँदी यहि भाउमा कारोबार हुँदै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१५ दशमलव १३ अमेरिकी डलर र चाँदी ३२ दशमलव ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सम्बन्धित समाचार