अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह

0 Shares

काठमाडौंँ । अभिनेत्री नीति शाहले विवाह गरेकी छन् । उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।

न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनको विवाह भएको आदलत श्रोतले जानकारी दियो । उनीहरुको विवाह दर्ता प्रमाण पत्र भने प्रक्रियामा रहेकोले लिन बाँकी छ । नीति र यचितले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीति ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यु गरेकी हुन् । यो फिल्म व्यावसायिक असफल भएको थियो भने गत दसैँमा उनी अभिनित दोस्रो फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनमा आएको थियो ।

उनी अभिनित पछिल्लो फिल्म ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ ।

सम्बन्धित समाचार