0
Shares
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजारमा कारोबार भएकामा आज एक लाख ३१ हजार छ सय रुपैयाँ पुगेका छ ।
यस्तै, तेजाबी सुन आइतबार एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आज एक लाख ३० हजार ९५० मा कारोबार भएको छ ।
चाँदीको मूल्य प्रतितोला १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला एक हजार ५३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।