काठमाडौं । भारतमा त्रिकोणात्मक टी २० क्रिकेट शृंखला खेल्न पुगेको नेपाली टोलीसँग भारतीय राज्य स्तरीय गुजरातलाई आठ विकेटले पराजित भएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि दिएको ९८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि अनिल साहले ३५ बलमा अविजित ३२ रन भए । कप्तान रोहित पौडेलले २६ बलमा अविजित ३३ रन बनाए ।
ओपनरद्वय कुशल भुर्तेलले १६ बलमा १७ रन र आसिफ शेखले १६ बलमा १६ रन जोडे । गुजरातका बलर तेजस पटेल र हेमांग पटेलले एक–एक विकेट लिए ।
त्यसअघि नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालका लागि गुल्सन झाले चार विकेट लिए । करण केसीले तीन विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।
गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाए । छैटौँ नम्बरका ब्याट्सम्यान हेमांग पटेलले २० रन थपे ।