राइजिङ स्टार्स कप : नेपालको कसिलो बलिङ, यूएई १२१ रनमा अलआउट

0 Shares

काठमाडौं । एसीसी राइजिङ स्टार्स कप अन्तरगतको आफ्नो दोस्रो म्याचमा नेपालले यूएईलाई १२१ रनमा रोकेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएई नेपालको धारिलो बलिङसामू निरिह बन्यो ।

नेपालका लागि स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले ३-३ विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दा केवल ११ रन खर्चिएका थिए ।

खराब सुरुवात गर्दै यूएईले ११ रनमा २ विकेट गुमाएको थियो । ओडिआई डेब्यू गरेका रसिद खानले आर्यान्स शर्मालाई ८ रनमा आउट गरे । अंश टन्डन पनि १ रनको निजी स्कोरमा रनआउट भएका थिए ।

यूएईले तेस्रो विकेटका लिग बलियो साझेदारी गर्यो । हर्प्रत सिंह र मुहम्मद सेहदादबीच भएको ६३ रनको साझेदारी सन्दीपले तोडेपछि भने यूएईको ब्याटिङ धराशयी बन्यो । यूएईका ८ जना ब्याटरले दोहोरो अंक छून सकेनन् ।

यूएईका लागि सेहदादले सर्वाधिक ४० रन र हरप्रितले ३२ रन जोडे । ३९.५ ओभरमा यूएईले आफ्ना सबै विकेट गुमायो ।

यूएईविरुद्ध कप्तान सन्दीपले अत्यधिक स्पिन आक्रमण गरेका थिए । उनले ५ जना स्पिनर प्रयोग गरे ।

सम्बन्धित समाचार