नेपाल आयल निगम ९ अर्ब ५० करोड नाफामा

0 Shares

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रूपैयाँ नाफा आर्जन गरेको छ । निगमको शुक्रबार आयोजित ४३ औँ वार्षिक साधारण सभामा सो जानकारी दिइएको हो ।

निगमले गत आवमा तीन खर्ब ५६ अर्ब ७२ करोड रूपैयाँको पेट्रोलियम पदार्थ आयात गरेकामा तीन खर्ब ६४ अर्ब ५२ करोड रूपैयाँ बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो ।

निगमले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा तीन खर्ब ८३ अर्ब रूपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्री वितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य घट्दा नेपाल आयल निगमलाई राहत भएको छ। निगमले गत आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको छ। विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य सस्तिँदा निगमलाई नाफा भएको हो।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ खरिद गरेर बिक्री वितरण गर्दै आएको छ। मुलुकमा विद्युतीय सवारीको प्रयोग बढ्दो रहे पनि अपेक्षाकृत रुपमा पेट्रोलियम पदार्थको खपत घटिसकेको छैन ।

सम्बन्धित समाचार