सीजीको नयाँ वर्ष अफर : ‘लेभल अप! वीथ सीजी, लाइफ हुन्छ इजी’ योजना घोषणा

0 Shares

काठमाडौं। चौधरी ग्रुपअन्तर्गतको सीजी एसडिएले नयाँ वर्ष लक्षित ‘लेभल अप१ वीथ सीजी, लाइफ हुन्छ इजी’ नामक उपभोक्ता योजना घोषणा गरेको छ।

साना घरायसी उपकरण प्रवर्द्धनलाई लक्षित गरेर ल्याइएको यो अफरमा ग्राहकले लाभ लिन सक्ने कम्पनीले जनाएको छ। योजनामा सहभागी हुन ग्राहकले सीजी एसडीए उत्पादन खरिद गरी क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ।

योजनामा सहभागीले साप्ताहिक पुरस्कारस्वप अभियान अवधिभर हरेक साता आकर्षक पुरस्कार जित्न सक्नेछन् भने बम्पर पुरस्कारस्वरुप सहभागीले थाइल्यान्ड भ्रमण र सीजी मेघौली सेराईको विलासी यात्रा जित्ने अवसर पाउनेछन्।

यो योजना सीजी डिजिटलका आउटलेट र देशभरका च्यानल पार्टनरमार्फत सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार