मीनबहादुरले दिए भाटभटेनीमा महर्जनकी पत्निलाई जागिर

0 Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केटले राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका सविन महर्जनकी पत्नि भविसालाई जागिर दिने भएको छ। आज भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले उनलाई जागिर दिने घोषणा गरेका हुन्।

स्वर्गीय सविनको घर कीर्तिपुरमै पुगेर अध्यक्ष गुरुङले उनको पत्निलाई तीन लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन्। यसैगरी, आजै उनले राजावादी आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँको चेक दिएका छन्।

गत चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको अन्दोलनमा सविनको गोली लागेर मृत्यु भएको थियो भने सुरेशको आगोमा जलेर मृत्यु भएको थियो।

सम्बन्धित समाचार