0
Shares
काठमाडौं । सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा तीन हजार ९०० सय घटेको हो ।
आज प्रतितोला एक लाख ७६ हजार ४०० सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला एक हजार ८७० मा किनबेच हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार १०५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।