नेपाललाई आयरल्याण्डले दियो २२५ रनको लक्ष्य

0 Shares

काठमाडौं । आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई जितका लागि २२५ रनको लक्ष्य दिएको छ । दोस्रो टी २० खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२४ रन बनाएको हो ।

आयरल्याण्डका लागि पिटर मुरले ६५ रनको शानदार इनिङ्स खेले । उनले मात्र २६ बलमा ३ चौका र ७ छक्का हिर्काए । कप्तान निल रकले ३४ बलमा ७१ रनको विस्फोटक इनिङ्स खेले । उनले एक चौका र ७ छक्का प्रहार गरे ।

त्यस्तै, जेम्स म्याकोलमले २६ रन, फियोन ह्यान्डले १९ रन तथा रस अदिरले १७ रन बनाए । बलिङतर्फ नेपालका सागर ढकालले ३ विकेट लिए । पवन सर्राफ र कमल ऐरीले एक–एक विकेट लिए ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो ।

लोकश बमले विस्फोटक ब्याटिङ गर्दै १०६ रनको शतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रन अलआउट भएको थियो ।

सम्बन्धित समाचार