काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुलाई कोलकोता नाइट राइडर्सले ७ विकेटले पराजित गरेको छ ।
शुक्रबार राति सम्पन्न खेलमा विराट कोहलीको सर्वाधिक रनमा बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकोताले १६.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो ।
कोलकोताको जितमा सुनिल नारन आक्रामक ४७ र वैंकटेस अय्यरले अर्धशतक बनाएका थिए । त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित ३९ रन बनाउँदा फिल साल्टले ३० रन बनाएका थिए ।
टस हारेर पहिला ब्याटिङ्ग गरेको बैंगलुरुले कोहलीको ८३ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो । यो जितपछि कोलकोताले लगातार दोस्रो जित हासिल गरेको छ ।
त्यस्तै, बैंगलुरुले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । दुई खेलमा दोस्रो जीतसहित कोलकाता अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । तीन खेलमा दोस्रो हार बेहोरेको बैंग्लुरु छैटौँ स्थानमा छ ।