स्ट्रबेरीको मूल्य घट्यो

0 Shares

काठमाडौं । बजारमा स्ट्रबेरीको मूल्य घटेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। आइतबार कालीमाटी बजारमा स्ट्रबेरी प्रतिथोक मूल्य एक सय ८० देखि दुई सय रूपैयाँमा बिक्री भइरहेको छ।

एक साताअघि कालीमाटी बजारमा स्ट्रबेरी तीन सय ५० देखि चार सय रूपैयाँमा बिक्री भइरहेको थियो। आपूर्ति बढेसँगै स्ट्रबेरीको मूल्य घटेको स्ट्रबेरी व्यवसायी शिव गिरिले जानकारी दिए।

‘अहिले उत्पादन बढी छ। होटलहरूमा खासै खपत छैन,’ उनले भने, ‘त्यसैले बजारमा मूल्य घटेको हो।’ उनका अनुसार स्ट्रबेरी नेपाली उत्पादन हो। यो बाहिरबाट आउँदैन। विशेषगरी ककनीमा स्ट्रबेरी खेती बढी हुन्छ। सोही क्षेत्रबाट बजारमा स्ट्रबेरी आउँछ।

स्ट्रबेरी बजारमा मंसिरको १५ बाट आउन सुरू गर्छ। त्यसपछि वैशाखसम्म आउँछ। सुरूआति चरणमा केही महँगो भएपनि पछि विस्तारै उत्पादन बढेसँगै मूल्य घट्दै जान्छ।

सम्बन्धित समाचार