सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

0 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात बिहीबार प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन ५०० रुपैयाँ घटेर तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ। बिहीबार प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार